१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

कृषि विकास बैँकलाई दोहोरो उपाधि प्राप्त



काठमाडौँ । कृषि विकास बैँक ‘ए’ ले १४औँ कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत फुटसलमा बुधबार दोहोरो उपाधि जितेको छ ।

कृषि विकास बैँकको पुरुष र महिला दुवै टिम च्याम्पियन बन्यो । दुवैको निर्णय पेनाल्टी सुटआउटबाट निस्केको थियो ।

टोखास्थित ग्रान्डी स्पोर्ट्स सेन्टरमा भएको पुरुषको फाइनलमा कृषिले नेपाल नागरिक उड्डयन प्राधिकरण ‘ए’ लाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्‍यो । निर्धारित समयको १–१ गोलको बराबरीमा टुङ्गिएको थियो ।

नेपाल वायु सेवा निगमले काठमाडौँ खानेपानी लिमिटेडलाई २–० गोलले हराउदै तेश्रो भयो । शीर्ष तीन स्थान हात पार्नेले क्रमश ५५ हजार, ३३ हजार र २२ हजार रुपियाँ पुरस्कार पायो ।

कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल ९इसान० द्वारा आयोजित प्रतियोगिताको महिलाको उपाधि भिडन्तमा कृषिले नेपाल बैँक लिमिटेडलाई पेनाल्टी सुटआउटमा ५–४ ले हरायो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरी सकिएको थियो । विजेताले ३० हजार र उपविजेताले २० हजार रुपियाँ पुरस्कार पाए ।

फुटसलसँगै १४ औँ कर्मचारी खेलकुद सम्पन्न भएको छ । फुटसलसहित ब्याडमिन्टन र टेबलटेनिस गरी ३ खेलको प्रतिस्पर्धा भएको थियो । विजेतालाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलगायतले पुरस्कार प्रदान गरेका थिए ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  ३ : ३० बजे