काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा चार हजार २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९७ हजार १०० रुपैयाँ कायम छ । बिहीबार ९जेठ २९० छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलाको दुई हजार १६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।





