काठमाडौं । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले भिजिट भिसा प्रकरण अहिलेका गृहमन्त्रीसँग मात्र सम्बन्धित नरहेको बताएका छन् । शनिबार विराटनगरमा सञ्चारकर्मीसँको कुराकानीका क्रममा प्रचण्डले अहिलेको आवश्यकता आधारमा आफूहरूले सत्तापक्षसँग सहमति गरेको बताए ।
ूभिजिट भिसाको विषय अहिलेको गृहमन्त्रीसँग मात्र रिलेटेड छैन । धेरै पहिलेदेखिको अत्यन्त संवेदनशील विषयका रूपमा छ । त्यस कारण सुशासनका निम्ति यसको छानबिन हुनुपर्यो, अध्ययन गहिरो गरी हुनुपर्यो, संरचना बन्नुपर्यो । त्यो कुरामा सहमति भएपछि हामीले अहिलको आवश्यकताअनुसार सहमति गरेका हौँ, उनले भने ।
प्रचण्डले सत्तापक्षसँगको सहमतिलाई पार्टीका उपाध्यक्ष अग्नि सापकोटाको मुद्दासँग जोडिएकोप्रति आपत्ति जनाए । उनले अहिलेको सहमति र सापकोटाको विषय सम्बन्धित नै नरहेको जिकिर गरे र
बिलकुल गलत कुरा हो, वाहियात कुराको प्रचार भइहेको छ । यो कुरा र अग्निको कुनै सम्बन्ध छैन, उनले भने ।
भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभा अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले सत्तापक्षसँग दुईबुँदे सहमति गरेको छ । उक्त सहमतिलाई लिएर कतिपयले माओवादीको आलोचना गरिरहेका छन् ।





