काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ बढेर कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार सुन प्रतितोला एक लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।





