१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

इजरायल-इरान युद्धमा ठुलो हताहती, इरानमा २२४ र इजरायलमा २४ जनाको मृत्यु



काठमाडौं । इजरायल र इरानबीचको युद्ध पाँचौँ दिनमा पुग्दा हताहती संख्या बढ्दो क्रममा छ । इजरायली आक्रमणमा परी २ सय २४ इरानीको मृत्यु भएको छ । इजरायलतर्फ २४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको राजधानी शहर तुरुन्त खाली गर्न भनेपछि तेहरानमा विस्फोटहरू सुनिएका छन् । अमेरिकी राष्ट्रपतिले मध्य पूर्वको अवस्थाका कारण आफ्नो जी सेभन भ्रमण पनि छोट्याउने घोषणा गर्नुभएको ह्वाइट हाउसले जनाएको छ ।

इजरायली सेनाले आफूतर्फ प्रहार गरिएका क्षेप्यास्त्रहरू पहिचान गरेको बताएपछि इरानमाथि आक्रमण तीव्र बनाएको हो । पछिल्लो इरानी आक्रमणबाट कुनै हताहत नभएको इजरायलले जनाएको छ ।

यसअघि इजरायलले तेहरानस्थित इरानी सञ्चार गृहमा आक्रमण गरेको थियो । सरकारी टीभीमा आक्रमण गरिएको दृश्य सामाजिक सञ्जालभर छाएको छ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  १० : ४५ बजे