१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

उद्योग समितिमा मन्त्री उपस्थित नभएपछि सांसदको आपत्ति



काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उद्योगमन्त्री उपस्थित नभएपछि सांसदहरूले आपत्ति जनाएका छन् । नेपालमा आयोडिन भएको गुणस्तरयुक्त नुनको सहज, सुलभ आपूर्ति र वितरणका विषयमा छलफल गर्न बिहीबार (असार ) सिंहदरबारमा बसेको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी उपस्थित नभएपछि सांसदले आपत्ति जनाएका हुन् ।

मन्त्री उपस्थित नभएका कारण सांसदले धारणा राख्न नमानेपछि बैठक स्थगन गरिएको छ । बैठकमा नेकपा ९माओवादी केन्द्र०का सांसद सूर्यमान तामाङ ९दोङ०ले उद्योगमन्त्रीको कार्यशैलीप्रति आफूहरूलाई शंका लागेको बताए । समितिले बोलाउँदा पनि मन्त्री नआएकाले बैठक अघि बढ्न नसक्ने उनले उल्लेख गरे ।

समिति सभापति अब्दुल खानले नुनका विषयमा छलफल गर्न बोलाउँदा पनि मन्त्री नआएकाले गम्भीर ध्यानाकर्षण भएको बताए । मन्त्री उपस्थित नभएपछि उनले बैठक स्थगन गरेका थिए । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  १ : २८ बजे