जनकपुर । मधेश प्रदेशसभाको बुधबार बैठक आह्वान गरिएको छ । मधेश प्रदेश सभाको पाँचौ अधिवेशनको बुधबार १ बजे १२ औं बैठक आह्वान गरिएको हो। सभाको सो बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने जनाएको छ।
मधेश प्रदेश सभा सचिवालयले जारी गरेको दैनिक कार्यसूचीअनुसार मधेश प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादवले वक्तव्यसहित ‘आव २०८२–८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने उल्लेख गरिएको छ।
सो प्रस्ताव पेस भइसकेपछि आव २०८२–८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने प्रदेश सभाका सचिव बासुप्रसाद कोइरालाले जानकारी दिए। असार १ गते सभामा अर्थमन्त्री यादवले आव २०८२–८३ को राजश्व र व्यय ९बजेट वक्तव्य० प्रस्तुत गरेका थिए।





