काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । बोलकबोलमार्फत राष्ट्र बैंकले ६३ दिनका निम्ति ३० अर्ब निक्षेप खिच्न लागेको हो ।
चालु आर्थिक वर्ष २०८१र८२ को सुरुआतदेखि नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ । हाल कुल निक्षेप ७० खर्ब २० अर्बभन्दा माथि पुगेको छ । निक्षेप बढेको बढ्यै गर्दा अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको हो ।
ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । यसको साँवाब्याज आउँदो भदौ १५ गते भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ ।
बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउँछन् । न्युज एजेन्सी नेपाल





