१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

राष्ट्रियसभाको विधायन समितिबाट भन्सार विधेयक पारित



काठमाडौँ। राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले भन्सार विधेयक २०८० पारित गरेको छ ।
समितिको आज बसेको बैठकमा सभापति तुलसाकुमारी दाहालले निर्णयार्थ प्रस्तुत गर्नुभएको विधेयकलाई समितिले सर्वसम्मतिले पारित गरेको हो ।

बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आयात निर्यातलाई सहज बनाउन र चोरी निकासी तथा पैठारी रोक्न भन्सार विधेयक महत्वपूर्ण हुने बताए ।

प्रतिनिधिसभाबाट पारित भई आएको भन्सार विधेयक राष्ट्रियसभा यही अधिवेशनमा प्रतिवेदनसहित पेस गरी पारित गरिने तयारी गरेको छ ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  १ : ०२ बजे