काठमाडौँ । अमेरिकी सरकारको विकास अनुदानमा आधारित मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० अन्तर्गत एमसिसी नेपाल कम्प्याक्टका परियोजनाको कार्यान्वयनले गति लिएको छ । अमेरिका सरकारले नेपाललाई विशेष महत्व दिँदै एमसिसी नेपाल सम्झौतालाई निरन्तरता दिन फुकुवा गरेसँगै त्यस अन्तर्गतका सम्पूर्ण गतिविधिले निरन्तरता पाएको हो । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति ९एमसिए–नेपाल० ले अमेरिकी वैदेशिक सहयोगमा लगाइएको तत्कालीन स्थगनका सन्दर्भमा विशेष छुट दिँदै एमसिसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिन अमेरिकी सरकारबाट भएको निर्णयको बुधबार वक्तव्यमार्फत स्वागत गरेको छ ।
नेपालमा कार्यान्वयनमा रहेको सम्झौता अन्तर्गत एमसिए–नेपालले २९७ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माण तथा सडक मर्मतलगायतका कार्यसम्बन्धी खरिद प्रक्रिया सम्पन्न गर्नेसहितका सम्झौताका गतिविधि कार्यान्वयन गर्न आवश्यक प्रक्रिया नियमित गरेको प्रस्ट पारेको छ । जसका लागि एमसिसीसँग निकटतापूर्वक काम गरिरहेको एमसिए–नेपालले जनाएको छ ।
कार्यान्वयनको अनुमति प्राप्त गरेसँगै अमेरिकी सरकारको वैदेशिक सहयोगसम्बन्धी समीक्षा थालनी हुनुपूर्व नै अगाडि बढिसकेका तीन वटा सबस्टेसनसहित १८ किमी सीमापार प्रसारण लाइन निर्माणसम्बन्धी कार्यलाई निरन्तरता दिएको जानकारी दिएको छ ।
एमसिए–नेपाल नेपालको ऊर्जा र यातायात क्षेत्रको विकासमा महत्वपूर्ण प्रभाव पार्ने यी पूर्वाधार आयोजना सम्पन्न गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपाल सम्झौता कार्यान्वयनका लागि एमसिसीको निरन्तर साझेदारीका लागि आभार प्रकट गरेको छ ।
करिब दुई साताअघि अमेरिकी सरकारले नेपालको सन्दर्भमा समीक्षासँगै सम्झौता अन्तर्गतका परियोजना सञ्चालन गर्न अनुमति दिएको थियो । त्यसलगत्तै नेपाल सरकारको अर्थ मन्त्रालय तथा एमसिए–नेपालको व्यवस्थापनले परियोजनाका काम अघि बढाउन गृहकार्य थालेको थियो । लगत्तै एमसिए–नेपालको बोर्ड बैठकले रोकिएका प्रक्रियाको पुनरवलोकन गर्दै थाती रहेका काम अघि बढाउने निर्णय गरेको थियो ।





