५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

माछा मार्न गएका बेला गोहीको आक्रमणबाट युवकको मृत्यु



चितवन । चितवनको बुढीराप्ती खोलामा माछा मार्न गएका एक युवकको मृत्यु भएको छ । गोहीको आक्रमणबाट उनको ज्यान गएको हो । यो बिहीबार (असार १९) रातिको घटना हो ।

रत्ननगर नगरपालिका–८, चित्रसारी का २७ वर्षीय अभिषेक माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

उनी बिहीबार राति एक साथीका साथ खोलामा माछा मार्न गएका थिए । रासस

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ११ : ०१ बजे