काठमाडौं । नेकपा एकीकृत समाजवादीको विद्यार्थी जिल्ला कमिटीको अध्यक्षमा अशोक थापा चयन भएका छन् । शुक्रबार सम्पन्न पाँचौँ अधिवेशनले थापाको नेतृत्वमा ४१ सदस्यीय कमिटी चयन गरेको हो ।
कमिटीको अध्यक्षमा मनोज चन्द, सचिवमा हुकुम बिसी, उपसचिवमा रामबहादुर मल्ल चयन भएका छन् ।
काठमाडौंमा सम्पन्न अधिवेशनमा १३ इलाका कमिटीबाट १५० प्रतिनिधि सहभागी थिए । थापाले रत्नराज्यलक्ष्मी क्याम्पसबाट बिद्यार्थी राजनीति सुरुवात गरेका हुन् ।





