२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

४५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक



काठमाडौं । अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आइतबार ९असार २२० ४५ अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो ।

हाल कुल निक्षेप ७० खर्बभन्दा बढी पुगेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका निम्ति यो खिच्दै आएको छ ।

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।

यसको साँवाब्याज आउँदो भदौ १ गते भुक्तानी गरिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  १२ : ४० बजे