५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

बैतडीमा जीप दुर्घटना: २ काे जनाको मृत्यु, ६ जना घाइते



बैतडी । बैतडीमा शनिबार बिहान भएको जीप दुर्घटनामा परी घाइते ८ जनामध्ये दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा जीप चालक डिलाशैनी गाउँपालिका–१ का २४ बर्षीय सन्तोषबहादुर राना र सोही ठाउँका ३२ बर्षीय किरण बोहराको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।

धनगढीबाट गण्न्नातर्फ आइरहेको सु।प।प्र।०१००१ ज १३७२ नम्बरको जिप शनिबार बिहान साढे पाँच बजेतिर दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–६ स्थित खिपाली मोडमा दुर्घटनामा परेको थियो ।

उक्त दुर्घटनामा परेर घाइते भएका डिलाशैनी गाउँपालिका–१ का ५१ बर्षीया कलमा धामी र सोही ठाउँका २७ बर्षीय राजेन्द्रबहादुर खत्रीलाई थप उपचारका लागि धनगढी रेफर गरिएको प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो।

दुर्घटनामा घाइते भएका डिलाशैनी –१ का ४५ बर्षीय रामकुमार राना, २५ बर्षीय हेमन्तप्रसाद भट्ट , २१ बर्षीया भागरथी खत्री र उनकी २ बर्षीया छोरी एलीसा खत्रीको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । जीप सडकबाट करीब ७० मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ११ : ४४ बजे