१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

सरकारमा हुँदा कुन दलले कस्तो काम गरे जनताले हेरिरहेका छन् : परियार



काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सरकारमा रहँदा कुन राजनीतिक दलले कस्तो काम गरे भन्ने जनताले नियालिरहेको बताएका छन् । शनिबार ९असार २८० भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

०४६ सालअघि विभिन्न शक्तिराष्ट्रको अवस्था कस्तो थियो र हाल नेपाल र उनीहरूको स्थिति नियाल्न जरुरी रहेकामा उनले जोड दिए । “विभिन्न शक्तिराष्ट्रहरूमा राजनीतिक दलहरूको अवस्था कस्तो थियो, आज कुन अवस्थामा छन्,” उनले भने, “नेपालमा पनि हामीले ०४८ सालदेखि तुलना गर्ने हो भने आज राजनीतिक दलको अवस्था के छ रु बहुदल ल्याएको पनि ०४६ सालदेखि हिसाब गर्ने हो भने धेरै लामो समय पार गरिसकेका छौँ ।”

अधिकांश समय नेपाल सरकारमा कांग्रेस, नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० रहेका उल्लेख गरे । सरकारमा रहेर काम गरेकाको मूल्यांकन जनताले गरिरहेको उनले बताए । “पटक–पटक हामी सरकारमा पुगेका छौँ । हामीले सरकारमा पुग्दा कस्तो किसिमको डेलिभरी गर्न सक्यौँ, यो आमजनताले अहिले हेरिरहेका छन् । अहिलेको जेनजी पुस्ताले हेरिरहेको छ,” उनले भने ।

सहमहामन्त्री परियारले शक्तिराष्ट्रमा काम गर्न नेपालको दक्ष जनशक्ति गइरहेको भन्दै यसलाई रोक्न कुन राजनीतिक दलको सरकारले के काम गरेको छ भन्ने नागरिकस्तरबाट मूल्यांकन भइरहेको बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ६ : १७ बजे