१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेले साँझ ६ बजे शपथ लिने



काठमाडौँ । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको शपथ ग्रहण कार्यक्रम आज साँझ बजेका लागि तय गरिएको छ ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई हिजो सामान्य प्रशासन मन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघि सामान्य प्रशासनमन्त्री रहनुभएका राजकुमार गुप्ताले घुस प्रकरणमा परेर विवादित बनेपछि प्रधानमन्त्रीको निर्देशनमा हिजो राजीनामा गरेका थिए ।

नव नियुक्त मन्त्री न्यौपाने राष्ट्रिय सभाको सदस्य हुन् ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  १२ : ११ बजे