५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

सुनको मूल्य फेरी बढ्यो, आज तोलाको कति ?



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ५०० रुपैयाँ कायम छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार २८० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ११ : २४ बजे