काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य ह्वातै बढेको छ । सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९५ हजार ५०० रुपैयाँ कायम छ । सोमबार ९साउन ५० सुन प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ३२० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।
६ श्रावण २०८२, मंगलबार
14
Shares





