काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९५ हजार २०० रुपैयाँ कायम छ । बुधबार ९साउन ७० छापावाल सुन प्रतितोला एक लाख ९७ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार ३३५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।





