५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

गुल्मीमा आगलागीबाट युवतीको मृत्यु



तम्घास । गुल्मीको धुर्कोट गाउँपालिका–५, वस्तु अमराईमा आगलागीमा परेर २५ वर्षीया जुना विकको मृत्यु भएको छ । धुर्कोट–५ का वडाध्यक्ष केशवराज भण्डारीका अनुसार, मानसिक अवस्था कमजोर रहेकी जुना आफैँले आइतबार ९साउन ११० बिहान घरमा आगो लगाएको थिइन् ।

स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट तीन लाख रुपैयाँभन्दा बढीको धनमाल पनि क्षति भएको जनाइएको छ । रासस

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  १० : २७ बजे