काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार ६०० रुपैयाँ कायम छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ९४ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार २९० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।
११ श्रावण २०८२, आइतबार
14
Shares





