१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

आकाशको ‘विधार्थी आन्दोलन र नेविसंघ’ नामक पुस्तक विमोचन



काठमार्डौ । नेपाली कांग्रेसका पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले ‘विधार्थी आन्दोलन र नेविसंघ’ नामक पुस्तक विमोचन गरेका छन । नेपाल विधार्थी संघका नेता आकाश उप्रतीद्वारा लेखन तथा शंकलन गरिएको ‘विधार्थी आन्दोलन र नेविसंघ’ नामको पुस्तक सभापति देउवाले शनिबार बिहान विमोचन गरेका हुन । उक्त विमोचन कार्यक्रममा नेविसंघ सम्वन्धी पुस्तक प्रकाशन गरेकोमा देउवाद्वारा लेखक आकाश उप्रेतीलाई धन्यवाद व्यक्त गरेका थिए ।

सभापति देउवा निवास वुढानिलकण्ठमा भएको पुस्तक विमोचन कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा नेविसंघका पूर्व अध्यक्ष राजीव ढुंगाना, केन्द्रीय सदस्यहरू सिता गुरूङ, प्रतिमा गौतम, प्रदिप सुनुवार, चितवन कांग्रेस सभापति राजेश्वर खनाल,नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, पर्टीका नेताहरू, नेविसंघ र तरुण दलका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति थियो ।

विधार्थी आन्दोलन र नेपाल विद्यार्थी संघका बारेमा जान्न र बुझ्‌न चाहनेका लागि पुस्तक अत्यन्तै उपयोगी रहेको नेविसंघका नेताहरुले बताए । नेविसंघको राजनीति गर्ने,इतिहास र वर्तमान बुझ्न चाहनेहरुका लागि प्रेरणादायी र मार्गदर्शक बन्ने विद्यार्थी नेताहरू बताउँछन् ।
विधार्थी राजनीति,आन्दोलन र नेविसंघका बारेमा लेखिएका पुस्तक अभाव भइरहेका बेला उप्रेतीको पुस्तकाले नयाँ पुस्तालाई लोकतान्त्रिक दलमा जोडिन सघाउ पुग्ने उनीहरूको बुझाई छ ।आफ्नो पुस्तकमा नेपालको विद्यार्थी आन्दोलन,विश्व राजनीतिमा विद्यारविसंघको इतिहासलाई समेटिएको नेविसंघ केन्द्रीय सदस्य समेत रहेका लेखक उप्रेतिले बताए ।पूर्वाञ्चल क्याम्पसमा सुनसरीको इकाई सचिव, इकाई सभापतिको जिम्मेवारी सम्हालिसकेका लेखक उप्रेती हाल नेविसंघको केन्द्रीय सदस्य छन ।

उक्त विमोचन कार्यक्रममा नेविसंघ सम्वन्धी पुस्तक प्रकाशन गरेकोमा देउवाद्वारा लेखक आकाश उप्रेतीलाई धन्यवाद व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  २ : ०३ बजे