५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

गोसाइँकुण्डमा डुबेका दुई तीर्थालुको शव निकालियो



काठमाडौं । रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नं। ५ स्थित प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा डुबेका दुई तीर्थालुको शव निकालिएको छ ।

साउन ११ गते शनिबार नुहाउने क्रममा डुबेर हराएका दुई जनाको खोज तथा उद्धार कार्यका लागि नेपाली सेना, श्रीनाथ गणबाट खटिएको टोलीले स्थानीय स्रोत र साधनको प्रयोग गरी कुण्डबाट शव निकालेका हो । नेपाली सेनाका अनुसार, ती शवलाई नेपाल प्रहरीलाई बुझाइनेछ ।

जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीका अनुसार बेपत्ता हुनेमा मोरङ जिल्ला विराटनगरका करिब २८ वर्षीय सुजन ढकाल र मोरङ बेलवारीका मनोज न्यौपाने छन् ।

गहिरो ठाउँबाट स्नान गर्न कुण्डमा पसेका कारण डुबेको हुनसक्ने आँकलन गरिएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  २ : १७ बजे