५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

सुनको मूल्यमा गिरावट



काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्यमा गिरावट आएको छ । सोमबारको तुलनामा आज सुनको मूल्य ६ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९३ हजार रुपैयाँमा भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ९३ हजार ६ सय रुपैयाँ कायम थियो । यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदी आज ५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ११ : २६ बजे