हेटौंडा । नेपाली कांग्रेसका अर्का मन्त्रीले पनि राजीनामा दिएका छन् । बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेको खानेपानीमन्त्री श्यामकुमार खड्काले आज सोमबार साँझ कांग्रेस संसदीय दलको कार्यालयमा मुख्यमन्त्री बहादुर सिंह लामा राजीनामा बुझाएका हुन् ।
खड्काले राजीनामा दिएसँगै लामाविरूद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् । लामाविरूद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदको संख्या २२ पुगेको छ ।
यसअघि ९ साउनमा प्रदेशका चार जना मन्त्रीले राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए । यता २ जना कांग्रेस सांसदले भने आफुलाई थाहा नदिई हस्ताक्षर पठाएको भन्दै फिर्ता लिएका छन् । कांग्रेसका दुई सांसदहरु मया श्रेष्ठ र मिना पराजुलीले आफूहरुलाई जानकारी नै नगराइ हस्ताक्षर गराइएको भन्दै अविश्वास प्रस्तावमा गरिएको हस्ताक्षर फिर्ता लिएको जनाएका हुन् ।





