५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

सुनको मूल्यमा गिरावट



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार ६०० रुपैयाँ कायम छ । बुधबार ९साउन १४० छापावाल सुन प्रतितोला एक लाख ९४ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि एकैदिन तोलामा ४० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार २७० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहिबार  ११ : १८ बजे