काठमाडौं । सत्तासाझेदार दुई दल नेकपा (एमाले) र नेपाली कांग्रेसका शीर्ष नेताबीच बालुवाटारमा छलफलमा जुटेका छन् ।
छलफलमा एमालेबाट उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, उपमहासचिव तथा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल पनि सहभागी छन् । कांग्रेसबाट देउवासहित उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक सहभागी रहेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सरकार गठनको एक वर्ष बितिसकेपछि मन्त्री हेरफेरको गृहकार्य थालिएको छ ।





