काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार १०० रुपैयाँ कायम छ । बिहीबार ९साउन १५० छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार २३५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।





