काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले संसद्को दुरुपयोग गरिररहेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले भिजिट भिसा प्रकरणमा संसद्मा रास्वपा र राप्रपाको गतिविधिप्रति आपत्ति जनाएका हुन् ।
रास्वपा र राप्रपा सांसदले भिजिट भिसा दुरुपयोगका विषयमा छानबिनको माग गर्दै दुई महिनाभन्दा बढी समयदेखि संसद् बैठक बहिष्कार गर्दै आएका छन् । प्रमुख सचेतक घिमिरेले भिजिट भिसाका विषयमा संसद्को मर्यादा र गरिमा गिराउने काम भइरहेको टिप्पणी गरे ।
उनले भने, “संसद्मा उभिएर सधैँ गाली गर्ने, भिजिट भिसाको नाममा मानव तस्करी गरियो भनेर भन्ने, भिजिट भिसा भनेको के मानव तस्करी हो ? यहाँ भिजिट भिसामा बाहिर कतै पनि नजाने मान्छे को छ रु को सांसद हुनुहुन्छ रु यो के भन्न खोजिएको हो रु’
अब पनि संसद्मा उभिएर अरूलाई गाली गरेर आफू बाहिरिने प्रवृत्ति नरोकिए प्रतिवादमा उत्रने उनले चेतावनी समेत दिए ।





