चितवन । चितवनको माडी नगरपालिका–२, भैरवपुरमा करेन्ट लागेर करिब २० वर्षको एउटा भाले गैँडा मरेको छ ।
बुधबार ९साउन २१० बिहान ९ः३० बजे गैँडा धानबारीमा करेन्ट लागेर मरेको अवस्थामा भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए ।
गैँडाका खाग, खुर सुरक्षित छ । कसले कुन प्रयोजनका निम्ति धानबारीमा विद्युतीय करेन्ट छोडेको भन्ने विषयमा अनुसन्धान सुरु गरिएको उनले बताए । रासस





