२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

नेप्से बजारमा सबै समूहमा हरियाली, कारोबार पनि बढ्यो



काठमाडौं । नेप्से परिसूचक बिहीबार १८.० अंकले बढेर २८५०.३७ विन्दुमा बन्द भएको छ । कारोबारमा आएका सबै १३ समूहकै परिसूचकमा हरियाली देखिएको छ ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ९० करोड रुपैयाँले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

आठ अर्ब ५३ करोड ७५ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बुधबार ९साउन २१० सात अर्ब ६३ करोड १३ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

१८७ कम्पनीको सेयर मूल्य बढेको छ । ६२ कम्पनीको सेयर मूल्य घटेको छ । सिक्लेस र वरुण हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहिबार  ३ : ५४ बजे