काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ४ अर्ब १५ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ८९ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ४३.३८ प्रतिशतले बढेको छ। बैंकले सार्वजनिक गरेको बिवरणका अनुसार बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ८७ करोड ७९ लाख रुपैयाँ रहेको छ। यस अनुसार बैंकको प्रतिशेयर १८ रुपैयाँ ४२ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ।
अर्थात बैंकको लाभांश क्षमता १८.४२ प्रतिशत रहेको छ। समिक्षा अवधिमा बैंकको खराब कर्जा घटेर ३.२६ प्रतिशतमा झरेको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले ९ अर्ब ८२ करोड १४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १० अर्ब ५५ करोड २७ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। ब्याज आम्दानी ६.९३ प्रतिशतले घटेको छ।
चुक्तापुँजी १९ अर्ब २८ करोड ७९ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङ २ अर्ब ८७ करोड ७९ लाख रुपैयाँले ऋणात्मक रहेको छ भने रिजर्भमा १६ अर्ब ९९ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङमा २ अर्ब १३ करोड ६० लाख रुपैयाँ र रिजर्भमा १५ अर्ब ११ करोड ९४ लाख रुपैयाँ थियो।
समीक्षा वर्षमा बैंकले २ खर्ब ९३ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १३ अर्ब १४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले २ खर्ब ४३ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३ अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।
बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर २७.६३ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १८.५६ रुपैयाँ थियो। पीई रेसियो ११.८४ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ २४१.०४ रुपैयाँ रहेको छ।
बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) रुपमा गोविन्द गुरुङले कार्यभार सम्हालेयता बैंकको बित्तिय सुचकहरुले बार्षिक प्रगती गरिरहेको छ ।
कृषि विकास बैंकले अघिल्लो आर्थिक वर्ष २०८०-८१ मा पनि ३ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।





