काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साउन २७ गते विश्वासको मत लिने भएका छन् । प्रदेशसभाको साउन २७ गते दिउँसो ४ बजे बस्ने बैठकमा विश्वासको मत लिने भएका हुन् ।
मुख्यमन्त्री बानियाँले प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्न आवश्यक व्यवस्था मिलाइदिन भनी प्रदेशसभा सचिवालयमा शुक्रबार सूचना दर्ता गराएको प्रदेशसभाका सचिव रामकुमार पौडेलले जानकारी दिए ।





