काठमाडौं । कालीकोटमा मुख्य सडक अवरुद्ध भएको छ । खाँडाचक्र नगरपालिका–५, छारेघाट खोलामा जुम्ला–सुर्खेत सडकखण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
सोमबार बिहान करिब ०९ः२० बजे उक्त स्थानमा पहिरो खसेको हो । सडकमाथिबाट पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।





