५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

महाकालीमा डुबेका दुई बालिकाको अवस्था अझै अज्ञात



कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–११, भुजेलास्थित महाकाली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई बालिकाको अझै पत्ता लाग्न सकेको छैन ।

नुहाउने क्रममा सात वर्षीय सान्वी पन्त र ६ वर्षीय जीविका पन्त आइतबार नदीमा डुबेर बेपत्ता भएका थिए । आज बिहानदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको टोलीले नदी क्षेत्रमा दुवै बालिकाको खोजतलासको कार्य जारी राखे पनि अहिलेसम्म फेला पार्न सकेका छैनन् ।

“बालिका नदीमा डुबेको खबर पाउने बित्तिकै आइतबार साँझ अबेरसम्म नदीमा खोजतलास गर्‍यौँ,” जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले भे, “आज बिहानदेखि पुनः खोजतलासको कार्य भइरहे पनि अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।”

नदीमा पानीको बहाव बढेकाले खोजतलासको कार्यमा अप्ठेरो भइरहेको उनको भनाइ छ । दुवै बालिका एकै परिवारको भएको बताइएको छ । रासस

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  १ : ०२ बजे