१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

इजरायली सेनाको आक्रमणमा अल जजिराका चार जना पत्रकारको मृत्यु



काठमाडौं । इजरायलले गरेको आक्रमणमा परी अल-जजिराका चार जना पत्रकारको मृत्यु भएको छ । गाजा शहरको अल सिफा अस्पताल नजिकै इजरायलले गरेको आक्रमणमा उनीहरु मारिएको समाचारमा उल्लेख छ ।

अलजजिराका संवाददाता अनास अल सरिफ र मोहम्मद ओरेक र क्यामेराम्यान इब्राहिम जाहिर र मोहम्मद नुफल अल सिफा अस्पतालको मुल गेट नजिकै पत्रकारहरुकै लागि बनाइएको टेन्टमा रहेका बेला निशाना बनाइएको अल(जजिराले जनाएको छ ।

दुई साता अघि इजरायली सेनाले सुरु गरेको गाजामा रहेका पत्रकार विरुद्धको अभियानको विरोध गरेका पत्रकार अल(सरिफ मारिएका हुन् । हमासका आतंकवादी सेलको प्रमुखका रुपमा सरिफले काम गरेको आरोप इजरायली सेनाले गरेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  २ : ०० बजे