५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

म्याग्दीमा बेनी–जोमसोम, जुम्लामा नाग्मा–गमगडी सडक पूर्ण रूपमा अवरुद्ध



काठमाडौं । म्याग्दीमा मुख्य सडक अवरुद्ध भएको छ । रघुगंगा गाउँपालिका–२, बैसरीमा बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

मंगलबार ९साउन २७० बिहान करिब ६ः२० बजे उक्त स्थानमा पहिरो खसेको हो । सडकमाथिबाट ढुंगामाटोसहितको लेदो पहिरो खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

नाग्मा–गमगडी सडक अवरुद्ध
जुम्लामा नाग्मा–गमगडी ९मुगु जाने० सडकखण्ड अवरुद्ध छ ।

मंगलबार बिहान करिब ८ बजे जुम्लाको हिमा गाउँपालिका–७, बागबजारमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

जोमसोम–कोरोला सडकखण्ड अवरुद्ध
मुस्ताङमा जोमसोम–कोरोला सडकखण्ड अवरुद्ध छ । सोमबार ९साउन २६० दिउँसो करिब साढे २ बजेदेखि बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागखोलामा सडक अवरुद्ध भएको हो ।

वर्षासँगै कागखोलामा पानीको बहाव बढ्दा बाटो पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  १० : २९ बजे