५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

सुनको मूल्यमा गिरावट



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलाको १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला एकलाख ९६ हजार ७०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला एक लाख ९६ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य भने तोलाको २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ३२५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  १२ : २३ बजे