५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

विच्छ्याको बाढीले बस्ती जोखिममा : पुल बगायो, १० घरमा क्षति



बाजुरा । बाजुराको पूर्वोत्तर भेगमा बग्ने विच्छ्या खोलाको बाढीले हिमाली गाउँपालिका–१ को बस्ती जोखिममा परेको छ ।

बुधबार ९साउन २८० रातिदेखिको लगातारको वर्षाले गाउँ जलमग्न हुने जोखिम अझ बढाएको स्थानीय साजन थापाले बताए । उक्त खोलाको एउटा झोलुंगो पुलसहित केही घरहरू बगाएको उनले जानकारी दिए ।

हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लका अनुसार, यति बेलासम्म १० घरमा क्षति भएको छ । क्षतिको मूल्यांकन गर्न पालिकाबाट टोली परिचालन गरिएको छ । प्रहरीको टोली पनि प्रभावित क्षेत्रमा पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाढीबाट मानवीय क्षति भएको छैन । बाढीले उक्त क्षेत्रमा टेलिफोन सेवा पनि अवरुद्ध भएको छ ।

यसैबीच, जिल्ला प्रशासन कार्यालयले वर्षा जारी रहेकाले सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ । रासस

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहिबार  ११ : १६ बजे