काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन सुनको मूल्य तोलाको एक लाख ९६ हजार ८०० रुपैयाँ कायम छ । बुधबार ९साउन २८० छापावाल सुन प्रतितोला एक लाख ९६ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ३४० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।





