म्याग्दी । सडक डिभिजन कार्यालयले १४ किलोमिटर लामो बागलुङ–बेनी सडक तीन करोड २१ लाख रुपैयाँको लागतमा मर्मतसम्भार गरेको छ ।
मालढुंगा–बेनी सडकको विकल्पका रूपमा प्रयोग गरिँदै आएको यो बाटो पहिरो, खाल्डाखुल्डी र कालोपत्र उप्किएर जीर्ण हुँदा कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो ।
हुुलाके, भसभसे, ढाडेनी, सिम र पांग्रेखोलामा पहिरो पन्छाएर फराकिलो, ढलान, ग्राभेल र कालोपत्र, वर्षाको पानी निकासका निम्ति पक्की नाला, ग्याबियन जाली, टेवा पर्खाल पनि निर्माण गरिएको उक्त कार्यालयका इन्जिनियर विष्णुप्रसाद लामिछानेले बताए । रासस





