१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुमाथि हुने अपमान बन्द गरौँ : सांसद ढकाल



काठमाडौं । नेकपा (एमाले)का सांसद एकनाथ ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूलाई अपमान गर्ने काम बन्द गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यात्रुहरू हरेकलाई ठग नै हो जस्तो गरी व्यवहार हुने गरेकोप्रति असन्तुष्टि जनाए । 

उनले यात्रुहरूमाथि दुर्व्यवहार गर्ने कार्य बन्द गर्न सरकारको ध्यानाकर्षण गराए । अन्तर्राष्ट्रिय विमानस्थलबाट पाउनुपर्ने सेवा यात्रुहरूले पाउन नसकेको उनको भनाइ छ । 

“विमानस्थलमा यात्रुमाथि उनीहरूको आत्मसम्मानमा ठेस पुर्‍याउने काम भएको छ, यो बन्द गरिनुपर्छ,” उनले भने । 

विमानस्थलमा नागरिक उड्डयन प्राधिकरण प्रमुखको शासन चल्ने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ४ : १७ बजे