५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मुग्लिन सडकखण्डमा पहिरो पन्छाएपछि पुनः यातायात सुचारु



चितवन । बारम्बार पहिरो खस्दा अवरुद्ध हुने मुग्लिन–नारायणगढ सडक खण्ड फेरि सञ्चालनमा आएको छ । इच्छा कामना गाउँपालिका–५ तुइँनखोला नजिक आज बिहान खसेको पहिरोका कारण सडक अवरुद्ध भए पनि दिउँसो दुवै तर्फ यातायात पूर्ण रूपमा सुचारु भएको हो ।
आज बिहान ४ः२० बजे खसेको पहिरो पन्छाएसँगै बिहान ८ बजेदेखि यातायात सञ्चालनमा आएको थियो । तर, करिब ९ः३० बजे सोही स्थानमा पुनः पहिरो खस्दा सडक फेरि बन्द भएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार दिउँसो १२ः५५ बजे बाटो दुवै तर्फ खुलाइसकिएको छ ।
लगातारको वर्षासँगै सो सडक खण्डमा बारम्बार पहिरो खस्ने क्रम नरोकिएपछि प्रहरी प्रशासनले यात्रुहरूलाई सचेत रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : १ भदौ २०८२, आइतबार  १ : ५६ बजे