५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

सुनको मूल्य फेरी बढ्यो



काठमाडौं । नेपाली बजारमा सोमबार (भदौ २) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९६ हजार ३०० रुपैयाँ कायम छ । आइतबार (भदौ १) छापावाल सुन प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ३१५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला दुई हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २ भदौ २०८२, सोमबार  ११ : ५० बजे