५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

पहिरोले सहिद राजमार्ग अवरुद्ध



काठमाडौं । पहिरोले सहिद राजमार्ग अवरुद्ध भएको छ । रोल्पाको माडी गाउँपालिका–३ गरगरेस्थित सहिद राजमार्ग अवरुद्ध भएको हो । आज बिहान साढे ६ बजे रुकुम घोराही सहिद मार्गमा माथिबाट पहिरो झर्दा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी साधन अलपत्र परेका छन् ।
अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ भदौ २०८२, मंगलबार  १० : २६ बजे