काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धनुषाको गणेशमान चारनाथ नगरपालिका स्थित गोदारमा निर्माण भएको कृषि तथा पशुपन्छी सेवा केन्द्रको बुधवार उद्घाटन गरेका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको ग्रामीण उधम तथा आर्थिक विकास आयोजना ले निर्माण गरेको उक्त भवन नगरपालिकालाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा मन्त्री अधिकारीले किसानले आफ्नै घरमा सेवा पाउने गरी सरकारले काम गरिरहेको बताए । हाम्रै गाउँ घरमा किसानलाई आवश्यक सल्लाह , कृषि बाली र पशुपन्छीमा लागेका रोग र समस्याको निधान गर्न आवश्यक छ , मन्त्री अधिकारीले भने । मन्त्री अधिकारीले मन्त्रालयले आफ्ना विभिन्न निकाय मार्फत आम किसानको घर दैलोमै सेवा दिन आइरहेकाले किसानलाई यसको लाभ लिन आग्रह गरे ।
विभिन्न पालिकामा यस आयोजना मार्फत अत्याधुनिक सेवा सहितका कृषि भवनहरू निर्माण भएकाले पालिकाहरूले पनि यसको प्रभाकारी सञ्चालनका लागि ध्यान दिन जरुरी रहेको छ ,मन्त्री अधिकारीले भने ।
५ भदौ २०८२, बिहिबार
14
Shares





