५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

सुनको मूल्य फेरी बढ्यो, तोलाका कति ?



काठमाडौँ । स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु। एक लाख ९५ हजार २०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु। दुई हजार ३३० मा खरिदबिक्री भइरहेको छ ।

बिहीबार एक तोला सुन रु एक लाख ९४ हजार ८०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु। दुई हजार २९० मा क्रयविक्रय भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रति औँस सुन तीन हजार ३२९ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस

प्रकाशित मिति : ६ भदौ २०८२, शुक्रबार  ११ : २५ बजे