१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

गृहमन्त्री भन्छन्– संविधान असफल भए अकल्पनीय द्वन्द्व सुरु हुन्छ



काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान असफल बनाउने छुट कसैलाई पनि नभएको बताएका छन् । आइतबार ९भदौ ८० काठमाडौमा आयोजित एक कार्यक्रममा उनले वर्तमान संविधान असफल भए देशमा अकल्पनीय द्वन्द्व सुरु हुने बताए ।

संविधान निर्माणका निम्ति २० वर्ष लागेको उनले स्मरण गरे । यो असफल भए अर्को २० वर्षमा पनि संविधान बनाउन नसकिने उनले जिकिर गरे । संविधानको रक्षा, यसको सुदृढीकरण, समयसापेक्ष संशोधन आजको आवश्यकता भएको उनको भनाइ थियो ।

समय र समाजको विकासको गतिअनुसार संविधान पनि परिमार्जन गर्नुपर्ने उनले बताए । समयसापेक्ष संविधान संशोधनका निम्ति वर्तमान सरकार गठनको बेला नेपाली ९कांग्रेस० र नेकपा ९एमाले०ले सहमति गरेको पनि उनले उल्लेख गरे । सरकार गठनको एक वर्षमा पनि संविधान संशोधनको कार्य सुरु गर्न नसकिएको उनले स्वीकार गरे ।

प्रकाशित मिति : ८ भदौ २०८२, आइतबार  २ : ३१ बजे