१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

वीरगञ्जमा हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ जना पुग्यो



पर्सा । पर्साको वीरगञ्जमा अहिलेसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ जना पुगेको छ । वीरगञ्ज महानगरपालिकामा हैजा रोकथाम र नियन्त्रणका लागि ३ वटै सरकारले प्रयास गरिरहेका छन् ।

अस्ति बेलुकासम्म ७१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगञ्जमा ९३ जना हैजाका सङ्क्रमित फेला परेका जानकारी दिए ।

उनका अनुसार विभिन्न अस्पतालमा झाडापखाला तथा हैजाका १ सय ६६ जना बिरामीको उपचार भइरहेको छ । केही बिरामी उपचारपछि घर फर्किएका छन् ।

अहिलेसम्म अस्पताल पुगेका झाडापखाला र हैजाका बिरामीको सङ्ख्या ३ सय ४४ रहेको छ ।

प्रकाशित मिति : १० भदौ २०८२, मंगलबार  ८ : ५९ बजे