४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

सडक भासिएर जुम्ला–सुर्खेत सडकखण्ड अवरुद्ध



काठमाडौं । जुम्ला–सुर्खेत सडकखण्ड अवरुद्ध भएको छ । सडक भासिएर उक्त सडकखण्ड अवरुद्ध भएको हो ।

कालीकोट खाँडाचक्र नगरपालिका–२ काले खोलास्थित सडक आज बिहान साढे ७ बजे भासिएको प्रहरीले जनाएको छ ।

सडक भासिएपछि लामो तथा छोटो दुरीका सवारी साधन अलपत्र परेका छन् ।

प्रकाशित मिति : ११ भदौ २०८२, बुधबार  ९ : ५२ बजे